बजेट विनियोजन ठिक ढङ्गले नहुनु हाम्रो मुल समस्याः पूर्वअर्थमन्त्री महत

बैशाख २८, २०८२ आइतबार
बजेट विनियोजन ठिक ढङ्गले नहुनु हाम्रो मुल समस्याः पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रको समस्या बजेट विनियोजन र कार्यान्वयन भएको बताउनुभएको छ । आईतवार प्रतिनिधिसभाको बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढङ्गले नहुनुभएको बताउनु भयो । उहाँले बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने विषय अर्थमन्त्रीको दृढताले निर्धारण गर्ने बताउनु भयो । उहाँले खर्च गर्नुपर्ने ठाउँमा खर्च नभएको, खर्च गर्न नपर्ने ठाउँमा बढी खर्च भएको र थोरै थोरै रकम छरिएको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images