प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शैली र संस्कृतिका साथ अगाडि बढ्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको बताउनुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रम राजनीतिक स्थिरताका लागि आएको बताउनु भयो । नीति तथा कार्यक्रमले सुशासन र विकासको बाटोलाई तिब्रता दिने गरी आएको बताउनु भयो । उहाँले नेपाली जनताले हटाइ सकेको राजतन्त्र पुनस्र्थापनाका लागि हिंसात्मक गतिविधि गरी अराजकतालाई राजनीतिक आचरणको रुपमा स्थापित गराउने खोज्नेहरुलाई परास्त गर्नेगरी नीति तथा कार्यक्रमले मार्ग निदेश गर्ने बताउनु भयो । उहाँले सत्ता साझेदारी सबै दलहरुसँग गम्भीर बहस र छलफल गरेर नीति तथा कार्यक्रम प्रश्तुत भएको जिकिर गुर्नभयो ।