प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ ढंगले मल कारखाना स्थापना हुने बताउनुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताउनुभएको हो । उहाँले नयाँ विधिबाट स्थापना हुने कारखानाले फोहोरमैलाको समेत व्यवस्थापन गर्ने जानकारी दिनुभयो । मलखाद कारखानाको बारेमा सरकारले योजना बनाइरहेको उल्लेख गर्नुभयो ।