राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले विगतका सरकारले निरन्तरता दिएको दलितसँग सम्बन्धित कतिपय विषय सरकारको नीति तथा कार्यक्रमबाट हटाइएकोमा असन्तुष्टि जनाउनुभएको छ । आईतवार राष्ट्रि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले शक्तिशाली र अधिकार सम्पन्न दलित प्राधिकरण गठन गर्ने दलितसँग सम्बन्धित विषयको बँदा नम्बर २१३ हटाउनु गलत भएको बताउनु भयो ।