राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधानको मौलिक हकमा राखिएका कुराहरूलाई कानूनी परिभाषित गरेर कार्यान्वयनमा ल्याउन सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । आईतवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मौलिक हकमा राखिएका कुराहरूलाई कार्यान्वयनमा ल्याउने संवैधानिक प्रतिवद्धता रहेको बताउँदै त्यसलाई पूरा गर्न सबै मिलेर एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।