नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले सरकारको नीति तथा कार्यक्रम समग्र रुपमा राम्रो आएको भएपनि मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने खालको कुनै कार्यक्रम नभएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयगत रुपमा सबै विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको भएपनि विकासको लक्ष्य र उद्देश्य पूरा गर्नेगरी कुनै कार्यक्रम नभएको बताउनु भयो । उहाँले आर्थिक रुपमा देखिएका विविध समस्यालाई समाधान गर्नेगरी नीति तथा कार्यक्रम केन्द्रित नभएको बताउनु भयो ।