राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।