पाकिस्तानसँग बढ्दो सैन्य द्वन्द्वको बीचमा भारत सरकारले शनिवार देशको उत्तरी र पश्चिमी भागका ३२ विमानस्थलहरू नागरिक उडान सञ्चालनका लागि मे १५ सम्म बन्द गरिएको बताएको छ । पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाञ्चल प्रदेश, उत्तर प्रदेश र भारत नियन्त्रित कश्मीर लगायत राज्यहरूमा यी विमानस्थलहरू बन्द गरिएको छ ।