राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रविन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गर्नुभएको छ । शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी हुनुभएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गर्नुभएको हो । उहाँले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताउनु भयो । उनीहरु आस्थाको बन्दी भएको उहाँको भनाइ छ ।