प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको फँडानी हुनु नहुने बताउनुभएको छ । शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकास र वातावरणमा सन्तुलन जरुरी रहेको बताउँदै वन क्षेत्रमै सालघारी फँडानी गर्न नहुने बताउनु भयो । उहाँले पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ०३६ सालमै वैज्ञानिक वन व्यवस्था भनेर सालघारी फँडानी गरेको आरोप लगाउनु भयो ।