नेपाली काँग्रेस सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने कामहरु मात्र समावेश गर्न सुझाव दिनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीहरुबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले हरेक पटक बजेट आयो, पुरानै कार्यक्रमहरु राख्यो तर गर्न चाहीँ केही गर्न सकेन भन्ने खालका कार्यक्रमहरु ल्याउनेक्रम रोकिनुपर्नेमा जोड दिनुभयो । सांसद चौधरीले जति बोलेको हो त्यति गर्नेगरि बजेट ल्याउनुपर्छ भन्दै हल्का र सस्तो लोकप्रियताका लागि बजेट ल्याउनु भन्दा शतप्रतिशत कार्यान्वयनमा जानेगरि ल्याउनुपर्ने स्पष्ट पार्नुभयो ।