सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छः महेश बर्तौला

बैशाख २६, २०८२ शुक्रबार
सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छः महेश बर्तौला

नेकपा (एमाले) का  प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनु भयो । उहाँले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताउनु भयो । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ । उहाँले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गर्नुभयो । उहाँले सरकारले छलफललाई निश्कर्षमा पु¥याएर छिट्टै नियुक्ति गर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images