प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग पहिलोपल्ट मोफसलमा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा निर्माणाधीन रहेकाले एनभिए लिग पहिलो पल्ट मोफसलमा सारिएको हो । आगामी जेठ ८ देखि १५ गतेसम्म लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछ ।