सरकारले सगरमाथा संवाद तोकिएको समयमै हुने बताएको छ । छिमेकी मुलुक भारत र पाकिस्तानबीचको युद्धका कारण सगरमाथा संवाद प्रभावित हुनसक्ने आँकलन भइरहेको समयमा वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवादको सचिवस्तरीय कमिटीका सदस्य–सचिव महेश्वर ढकालले तोकिएकै समयमा कार्यक्रम सम्पन्न हुने दाबी गर्नुभएको हो । उहाँले सगरमाथा संवादलाई भारत र पाकिस्तानको युद्धले कुनै प्रभाव नपार्ने बताउनु भयो ।