राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डीमा आधारित नीति भएको आरोप लगाउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममाथि आफ्नो पार्टीका सांसदहरुले रचनात्मक सुझाव दिएको भएपनि सुझाव कार्यान्वयन नहुने कुरामा शंका नरहेको बताउनु भयो ।