सत्तारुढ दल नेपाली काँग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले टिआरसीसँग सम्बन्धित विषयहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु टुंगो लगाउन धेरै ढिला भइसकेको र सर्वोच्च अदालतको परिमार्जन गर्ने आदेशपछि कानून टुंग्याएको भएपनि अझै पनि संरचना नबन्नाले काम अगाडि बढ्न नसकेको बताउनु भयो ।