भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

बैशाख २६, २०८२ शुक्रबार
भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

मानव अधिकार तथा शान्ति समाजले आतंकवादबिरुद्ध प्रदर्शन गरेको छ । शुक्रवार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरिएको हो । उनीहरुले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रबिरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको ? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images