गत सोमवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको आलोचना गर्नुभयो । एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै उहाँले गभर्नर नियुक्त हुन नसेको देख्दा दुई तिहाईको सरकारको अहंकाररुपी बेलुन फुटिसकेको टिप्पणी गर्नुभयो ।