टर्की र इराकबीच विकास सडक परियोजना कार्यान्वयनमा जोड

बैशाख २६, २०८२ शुक्रबार
टर्की र इराकबीच विकास सडक परियोजना कार्यान्वयनमा जोड

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र भ्रमणमा रहेका इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले बिहीवार अंकारामा क्षेत्रीय यातायात परियोजना, विकास सडकको कार्यान्वयनका लागि संयुक्त रूपमा जोड दिने प्रतिवद्धता गर्नुभएको छ । विकास सडक परियोजनाले इराक र सम्पूर्ण क्षेत्र दुवैको स्थिरता र समृद्धिमा ठूलो योगदान पु¥याउने दुई देशको विश्वास छ । बैठकको क्रममा परियोजनाको द्रुत कार्यान्वयनका लागि चरणहरूबारे छलफल भएको एर्दोगानले बताउनु भयो ।  एर्दोगानले अल–सुदानीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभयो । टर्कीले इराकसँग बिजुली, प्राकृतिक ग्यास र ऊर्जामा द्विपक्षीय सहयोग पनि विस्तार गर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images