राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिद्वारा अनिश्चिकालिन जनआन्दोलनको घोषणा

बैशाख २५, २०८२ बिहीबार
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिद्वारा अनिश्चिकालिन जनआन्दोलनको घोषणा

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको छ । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन शुरु गर्ने बताउनुभएको हो । उहाँले आन्दोलन शान्तिपूर्ण हुने बताउनु भयो । भद्रअवज्ञा र सत्यग्रह आन्दोलनको स्वरुप हुने उहाँको भनाइ छ । उहाँले देश महाशक्ति राष्ट्रहरुको रणनीतिको प्रतिस्पर्धा बन्न लागेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुम्दै गएको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images