आम राष्ट्रवादीको सपना सफल भयोः कमल थापा

बैशाख २५, २०८२ बिहीबार
आम राष्ट्रवादीको सपना सफल भयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन र कमजोर बनाउन नसक्ने बताउँदै आपूmहरु एकतावद्ध भएर अगाडि बढेको दाबी गर्नुभएको हो । उहाँले आपूmहरुले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै जेठ १५ गते काठामाडौंमा लाखौंको संख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने दाबीसमेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images