गणतन्त्र  र राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण जरुरीः राप्रपा अध्यक्ष लिङदेन

बैशाख २५, २०८२ बिहीबार
गणतन्त्र  र राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण जरुरीः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको बताउनुभएको छ । राजसंस्था पुनःस्थानाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन आह्वान गर्नुभएको हो । उहाँले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images