इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कुष्ठरोगको उपचारका लागि जनशक्तिको अभाव रहेको बताउनुभएको छ । नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटनपछिको पत्रकार सम्मलेनका क्रममा बोल्दै उहाँले नेपालमा छाला सम्बन्धी रोगको उपचार गर्ने जनशक्ति अभाव रहेको बताउनुभएको हो । उहाँले उहाँले छाला विशेषज्ञहरुको दरबन्दी पुरानै रहेको र दरबन्दीअनुसार पहिला अञ्चल अस्पतालमा मात्रै डर्मिटोलोजिस्टहरुको दरबन्दी रहेको बताउनु भयो ।