पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम औपचारिक दस्तावेजमात्र नभई राष्ट्रको भावी यात्राको नक्शासमेत भएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यो सरकार मुलुकको विकास र समृद्धिका लागि निर्माण भएकाले नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धता समेटिएको दाबी गर्नुभयो ।