ओली सरकार आएपछि उर्जा क्षेत्रमा धेरै काम भएको छः गणेश कार्की

बैशाख २५, २०८२ बिहीबार
ओली सरकार आएपछि उर्जा क्षेत्रमा धेरै काम भएको छः गणेश कार्की

स्वतन्त्र उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोग उर्जाको क्षेत्रमा नियमन गर्नकै लागि जन्मेको संस्था भएकाले यसले अझ प्रभावकारी हिसावले काम गर्नुपर्ने बताउनुभएको छ । बिहीवार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सबको अवसरमा बोल्दै उहाँले नेपालका निजी र निजी क्षेत्रलाई मात्रै नभएर सरोकारवालाहरुलाई पनि सम्बन्धित विषयवस्तुमा सँगसँगै अघि बढाउन आयोगले प्रयास गरेको बताउनुभएको हो । उहाँले अहिलेको सरकार आएपछि केही महत्वपूर्ण काम भएको बताउँदै सरकारको प्रशंसा समेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images