राजनीतिक स्थिरता दिने शासकीय प्रणाली ल्याउनुपर्छः सांसद ज्वाला

बैशाख २५, २०८२ बिहीबार
राजनीतिक स्थिरता दिने शासकीय प्रणाली ल्याउनुपर्छः सांसद ज्वाला

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रमले अहिलेका चुनौति सामना गर्न नसक्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रमले जनतामा आशा र उत्साह दिनुको सट्टा निराशामात्रै बाँडेको बताउनुभएको हो । सांसद ज्वालाले नीति तथा कार्यक्रममा संविधान संशोधनबारे एकलाइनमात्र बोलिएको तर प्रष्ट सोच र ठोस कार्ययोजना प्रश्तुत नगरिएकोले यो परम्परा धान्ने खालको कर्मकाण्डीमात्रै भएको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images