सांसद ढकालको व्यङ्ग्य – नीति तथा कार्यक्रममा नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध लेखेको भए हुन्थ्यो

बैशाख २५, २०८२ बिहीबार
सांसद ढकालको व्यङ्ग्य – नीति तथा कार्यक्रममा नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध लेखेको भए हुन्थ्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपि पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो भन्दै सरकारको व्यङ्ग्य गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images