नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाईंमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताउनुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आंतकवादका विरुद्ध भारतको आक्रमण लगायतले नेपाललाई झन् जोखिम बनाएको बताउनु भयो ।