दक्षिणी स्पेनको रंगीन उज्यालो शहर सेभिलमा अप्रिल मेला शुरु भएको छ । फ्लेमेन्को शैलीको संगीत, नृत्य र खानाको बीचमा हजारौं स्वदेशी र अन्तर्राष्ट्रिय आगन्तुकहरूले आनन्द लिएका छन् । प्रतिष्ठित महोत्सव १८४७ मा गाईवस्तु मेलाको रूपमा शुरु भएको थियो । समयसँगै यो देशमा छुटाउन नसकिने सामाजिक र सांस्कृतिक कार्यक्रममा विकसित भयो । अप्रिल मेला मे ११ सम्म चल्नेछ ।