अर्धसैनिक बललाई समर्थन गरेको भन्दै सुडानले युएईसँगको सम्बन्ध तोड्यो

बैशाख २५, २०८२ बिहीबार
अर्धसैनिक बललाई समर्थन गरेको भन्दै सुडानले युएईसँगको सम्बन्ध तोड्यो

सुडानको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सँगको कुटनीतिक सम्बन्ध तोड्ने र आफ्नो राजदुतलाई फिर्ता बोलाउने बताएको छ । साथै युएईलाई आक्रमणकारी राज्य घोषणा समेत गरेको छ । रक्षामन्त्री यासिन इब्राहिम यासिनले सरकारी टेलिभिजनमा बोल्दै अबु धाबीले आफ्नो प्रोक्सी, ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) मिलिशियामार्फत सुडानको सार्वभौमसत्ता उल्लङ्घन गरेको आरोप लगाउनु भयो । जसमा पोर्ट सुडानको बन्दरगाह, विमानस्थल र पावर स्टेशनहरूमा हालै ड्रोन र मिसाइल आक्रमणमा प्रयोग गरिएका उन्नत हतियारहरूको आपूर्ति समावेश छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images