अफगानिस्तानले गत वर्ष १५ मिलियन अमेरिकी डलरभन्दा बढीको कार्पेट निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले यस्तो जानकारी दिनुभएको हो । अफगानिस्तानले १४०३ (फारसी क्यालेन्डरमा) मा १५.२ मिलियन अमेरिकी डलर मूल्यको ३ हजार ६ सय ३२ टन कार्पेट धेरै देशहरूमा निर्यात गरेको सरकारी स्वामित्वको रेडियो र टेलिभिजन अफ अफगानिस्तान (आरटीए) ले मंगलबार जवादलाई उद्धृत गर्दै भनेको छ । अधिकारीकाअनुसार अफगानिस्तान–निर्मित कार्पेटहरू देशको मुख्य निर्यात वस्तु हुन् । पाकिस्तान, इरान, भारत, जर्मनी, क्यानडा, नेदरल्याण्ड्स, साउदी अरेबिया र धेरै अन्य देशहरूमा निर्यात गरिएको छ ।