दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा एक हिज्बुल्लाह सदस्यको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । लेबनानी नागरिक रक्षाको एक स्रोतले बताएअनुसार कफर रेमेन र नाब्तिह बीचको विश्वविद्यालय सडकमा इजरायली ड्रोनले निर्देशित मिसाइलले कार प्रहार गरेको थियो । उद्धार टोलीले गाडीबाट एक शव र एक घाइते व्यक्तिलाई उद्धार गरी अस्पताल पु¥याएको थियो । लेबनानी सुरक्षा स्रोतले मारिने व्यक्ति दक्षिणी लेबनानको टायर जिल्लाको हलौसियाह शहरका अदनान हार्ब नामका हिज्बुल्लाह सदस्य रहेको बताइएको छ ।