पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छः विराजभक्त श्रेष्ठ

बैशाख २४, २०८२ बुधबार
पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छः विराजभक्त श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनैपनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै  अब मुलुक पुरातन शैली र पुरातन नेतृत्वबाट बन्न नसक्ने भएकाले पुरातन शैली र पुरातन नेतृत्व बाधक नबनिदिए युवाहरुले नै देश बनाउने दाबी गर्नुभयो । नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्याउन नसक्ने गरी आएको आरोप लगाउँदै उहाँले कार्यान्वयनको कमजोर श्रृंखला कायमै रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images