नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउँदले यस्तो बताउनुभएको हो । उहाँले विगतमा भनसुन र व्यक्तिगत पहुँचका आधारमा एउटै क्षेत्रमा बजेट खन्याउने दृष्टान्त रहेको उल्लेख यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रह गर्नुभयो । मुलुकको सन्तुलित विकास हुनेगरी बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । साँउदले योजना निर्माणमा स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य नहुँदा योजना दोहोरिने भएको कारण सचेत हुन आवश्यक रहेको समेत बताउनु भयो ।