हामी आफ्नै आत्मरतिमा रमायौंः सञ्जय गौतम

बैशाख २४, २०८२ बुधबार
हामी आफ्नै आत्मरतिमा रमायौंः सञ्जय गौतम

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले सुशासन दिन नसकेको बताउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली राजनीति र दलहरूले इतिहास, परम्परा, संस्कृति र धर्म बिर्सिएको जस्तो देखिएको बताउनु भयो । उहाँले जानुपर्ने पर्ने गन्तव्य अर्कैतिर भएपनि आफूहरू आफ्नै आत्मरतिमा रमाउँदा जनतामा छाएको निराशालाई सम्बोधन गर्न नसकिएको बताउनु भयो । उहाँले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउँदै यसमा दल र सरकार विशेषले मात्र नभई राष्ट्रिय एकता निर्माण गर्नुपर्ने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images