राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले यमनको हुथी समूह विरुद्ध हमला रोक्ने बताउनुभएको छ । लगभग दुई महिनाको बम विष्फोट अभियान पछि ट्रम्पले यस्तो बताउनुभएको हो । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँगको बैठकअघि ट्रम्पले आक्रमण तत्काल रोक्ने बताउनु भयो । सोमवार राति हुथीहरूले प्रशासनलाई सम्पर्क गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिनुभएको हो ।