सांसदका प्रश्नहरुप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ, नागरिक उन्मुक्ति र जनमत पार्टीद्वारा बैठक अवरोध

बैशाख २३, २०८२ मंगलबार
सांसदका प्रश्नहरुप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ, नागरिक उन्मुक्ति र जनमत पार्टीद्वारा बैठक अवरोध

सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।  प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए । बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर बिरोध जनाएका थिए । बिरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गर्नुभयो । तर संसदमा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरुल उठेर बिरोध जनाइरहेका छन् । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images