नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । मंगलवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो । उहाँले सरकारालई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गर्नुभयो ।