आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै अध्यक्ष शाहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाउनुभएको हो । राम नवमीमा बिदा दिइने भएपनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको उहाँको आरोप छ । उहाँले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? भन्दै प्रश्न गर्नुभयो ।