नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो माग गर्नुभएको हो । लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको उहाँको भनाइ छ ।