जनकपुरमा सीता जन्म जयन्तीको उत्सव

बैशाख २३, २०८२ मंगलबार
जनकपुरमा सीता जन्म जयन्तीको उत्सव

आज वैशाख शुक्ल नवमी । अर्थात सीता जयन्ती । देवी सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । रामनवमीको एक महिनामा सीता जयन्ती आउने गर्दछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा विभिन्न पुराण तथा रामायणमा उल्लेख छ । भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ । भगवान रामसँग सीताको विवाह भएको थियो । पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख गरिन्छ । सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ । आज सीता जन्मस्थल जनकपुर धाममा विशेष मेला लाग्दछ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images