नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मुख्य समस्या आर्थिक नीतिमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रमले नेपालको अवस्था, आवश्यकता, अवसर र चुनौतीहरूलाई वस्तुपरक ढङ्गले सम्बोधन गर्न नसकेको बताउनु भयो ।