आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छः जनार्दन शर्मा

बैशाख २२, २०८२ सोमबार
आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छः जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । शर्माले अहिलेको तरिकाले मुलुक चल्न नसक्ने बताउँदै आर्थिक उत्पादन र समृद्धिको लागि अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक न्यायका लागि समाजमा विद्यमान विभेद अन्त्य गर्न राज्य, समुदाय र आम नागरिकको भुमिका स्पष्ट हुनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images