अपराजित रहँदै आर्मी महिला हक्कीमा च्याम्पियन

बैशाख २२, २०८२ सोमबार
अपराजित रहँदै आर्मी महिला हक्कीमा च्याम्पियन

अपराजित रहँदै विभागीय टोली त्रिभूवन आर्मी क्लव सोमवार राष्ट्रिय महिला हक्की प्रतियोगितामा च्याम्पियन भएको छ । सिंगल राउण्ड रोबिन लिगको आधारमा सम्पन्न प्रतियोगितामा आर्मी शिर्ष स्थानमा रहँदै च्याम्पियन भएको हो । ललितपुरस्थित च्यासल फुटबल मैदानमा भएको महिलातर्पm चार टोलीले प्रतिष्पर्धा गरेका थिए । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो । लिगको निर्णायक खेलमा आर्मीले गण्डकीलाई हराएको थियो । आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले पराजित ग¥यो । आर्मीका दमरा भट्टले दुई तथा सीतामाया बलले एक गोल गरे । दमरा फाइनलको प्लेयर अफ द म्याच बनिन् । यससँगै गण्डकी ६ अंकसहित लिगको दोस्रो स्थानमा रह्यो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images