नेपाली काँग्रेसकी सांसद सीता मिजारले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संघीय संसद भवनको प्रगति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद मिजारले यस्तो बताउनुभएको हो । उहाँले २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको संसद भवन निर्माण आयोजनाको चौथोपटक म्याद थप हुँदा समेत जम्मा ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गर्नुभयो ।