उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंको लाजिम्पाटमा लेमिनार टायलसको सोरुम उद्घाटन गर्दै उहाँले नेपाली उत्पादनको प्रयोग बढाउन आग्रह गर्नुभएको हो । उहाँले पूर्वाधार विकास गर्दा, बिल्डिङ्स, अस्पताल, होटल, रेष्टुरेण्ट बनाउँदा र निजी घरहरु बनाउँदा नेपालमै उत्पादित भेरिफाइड टायलको प्रयोग गर्न आग्रह गर्नुभयो । लेमिनार टायल नेपालको बर्दियामा बन्ने गरेको र यो नेपाली उत्पादन भएकाले गुणस्तरीय रहेको उहाँको भनाइ छ । सार्वजनिक स्थलहरुमा यसको प्रयोग बढाउनुपर्ने बताउनु भयो । यसले नेपालको अर्थतन्त्र अघि बढाउन मद्दत पुग्ने उहाँको विश्वास छ ।