लेबनानमा नगरपालिका र स्थानीय चुनाव

बैशाख २२, २०८२ सोमबार
लेबनानमा नगरपालिका र स्थानीय चुनाव

लेबनानको नगरपालिका र स्थानीय चुनाव आईतवार माउन्ट लेबनान गभर्नरेटमा शुरु भएको छ । धेरै स्थगन पछि नौ वर्षमा पहिलो पटक यो चुनाव भएको हो । लेबनानी सेना र आन्तरिक सुरक्षा बलहरूद्वारा लागू गरिएको सुरक्षा अन्तर्गत मतदान भएको हो । राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सीका अनुसार माउण्ट लेबनानमा नगरपालिका र स्थानीय पदहरूको लागि ८ हजार १ सय ४२ पुरुष र १ हजार १ सय ७९ महिलासहित ९ हजार ३ सय २१ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । लेबनानी राष्ट्रपति जोसेफ आउनले सरकारी मन्त्रालयहरू र राष्ट्रिय प्रशारक टेलि लिबानको भ्रमण गर्दै निर्वाचन प्रक्रियालाई नजिकबाट निगरानी गर्नुभयो । यात्राको क्रममा उहाँले माउण्ट लेबनानमा चुनाव राम्ररी सम्पन्न भएको सुनिश्चित गर्न गरिएका सुरक्षा, न्यायिक र मिडिया उपायहरूको समीक्षा गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images