राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन संसद भवनको अनुगमन गरेको छ । आईतवार संसदीय समितिले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अनुगमन गरेको हो । निरीक्षणका क्रममा समिति सभापति ठाकुर गैरेसहितका समितिका सदस्यहरु हुनुहुन्थ्यो । मन्त्रालयले २ सय दिनभित्र निर्माण सक्न पनि तीन चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको सभापति गैरेले बताउनु भयो । मन्त्रालयले नियमित अनुगमन नगर्ने हो भने समयमै काम सकिन कठिन रहेको बताउनु भयो । उहाँले अब थपिने म्यादभित्र काम सक्न निर्देशन दिनुभयो ।