प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गर्नुभएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।