जेठ २ देखि सगरमाथा संवाद

बैशाख १९, २०८२ शुक्रबार
जेठ २ देखि सगरमाथा संवाद

सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतिबारे विश्व समुदायको ध्यानाकर्षण गर्न आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने भएको छ । संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रतुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिनुभएको हो । उक्त संवादमा व्यक्त धारणाका आधारमा जलवायु अनुकुल र असर न्युनिकरणका कार्यक्रम लागू गरिने राष्ट्रपति पौडेलले बताउनु भयो । सन् २०४५ भित्र खुद शुन्य कार्वन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिवद्धता पूरा गर्न दीर्घकालिन रणनीति कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images